२०८३ साउन २१ गते बिहीबार

गण्डकी प्रदेशले भुकम्प पीडितलाई १ करोड दिने निर्णय

गण्डकी प्रदेशले भुकम्प पीडितलाई १ करोड दिने निर्णय

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० कात्तिक १९ गते आइतबार १२:४६

आइतबार बसेको गण्डकीको मन्त्रिपरिषद्को बैठकले भुकम्प पीडितको खोज, उद्धार तथा राहत प्रयोजनका लागि १ करोड रुपैयाँ सहयोग गर्ने निणर्य गरेको हो ।

पोखरा

गण्डकी प्रदेशले भुकम्प पीडितलाई सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई १ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ ।

आइतबार बसेको गण्डकीको मन्त्रिपरिषद्को बैठकले भुकम्प पीडितको खोज, उद्धार तथा राहत प्रयोजनका लागि १ करोड रुपैयाँ सहयोग गर्ने निणर्य गरेको हो ।

‘भुकम्पले कर्णाली प्रदेशमा ठुलो मानवीय र भौतिक क्षति भयो, एउटा प्रदेशका नागरिकलाई विपद् पर्दा अर्कोले सहयोग गर्नुपर्छ भनेर हामीले एक करोड दिने निर्णय गरेका हौँ’ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भने ।

शुक्रबार राती भुकम्प गएको र शनिवार बिहानै भुकम्प प्रभावितको उद्धार र उपचारका प्रदेश सरकारले औषधी सहित विषेशज्ञ चिकित्सकको टोली पठाएको मुख्यमन्त्री पाण्डेले बताए । ७ जनाको टोली शनिबार नै कर्णाली पुगेको छ ।

प्रकाशित मिति २०८० कात्तिक १९ गते आइतबार १२:४६
हजुरको प्रतिक्रिया