२०८३ साउन २१ गते बिहीबार

मित्रमिलन सहकारी प्रकरणः वडाध्यक्षसहित ३० जनाविरुद्ध पक्राउ पूर्जी जारी

मित्रमिलन सहकारी प्रकरणः वडाध्यक्षसहित ३० जनाविरुद्ध पक्राउ पूर्जी जारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० मंसिर १८ गते सोमबार १२:१२

अध्यक्ष रमण पौडेल र प्रवन्ध निर्देशक किरण अधिकारी यसअघि नै बैंकिङ कसुरमा पक्राउ परी प्रहरी हिरासतमै छन् ।

पोखरा

पोखराको मित्रमिलन सहकारी ठगी आरोपमा ३० जनालाई पक्राउ पुर्जी जारी भएको छ ।

सहकारीको रकम हिनामिना पारेको उजुरीका आधारमा ३० जनालाई पक्राउ पुर्जी जारी भएको कास्की प्रहरी निमित्त प्रमुख श्रवण विकले जानकारी दिए ।

पोखरा–२१ का वडाध्यक्ष दीपक सुवेदी, उपाध्यक्ष विजय लम्साल, सहकारीका पूर्व लेखा सदस्य तथा ताण्डव न्युज पत्रिकाका प्रधान सम्पादक अर्जुन गिरी, कानुन व्यवसायी जनकल्याण पराजुली लगायतलाई पक्राउ पुर्जी जारी भएको हो ।

अध्यक्ष रमण पौडेल र प्रवन्ध निर्देशक किरण अधिकारी यसअघि नै बैंकिङ कसुरमा पक्राउ परी प्रहरी हिरासतमै छन् ।

प्रहरीले पक्राउ पुर्जी जारी भएकाहरूको खोजी गरिरहेको छ ।

नयाँ बजारस्थित सहकारीका सञ्चालक र अन्य मिलेर करिब २७ करोड रकम हिनामिना पारेको आरोप छ ।

प्रकाशित मिति २०८० मंसिर १८ गते सोमबार १२:१२
हजुरको प्रतिक्रिया