२०८३ साउन २१ गते बिहीबार

पत्रकार वासुदेव पौडेललाई सम्मान

पत्रकार वासुदेव पौडेललाई सम्मान

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० मंसिर २४ गते आइतबार ११:१६

उनलाई २५ हजार रुपैयाँ नगद सहित दोसल्ला र सम्मानपत्रबाट सम्मान गरिएको छ ।

पोखरा
पत्रकार वासुदेव पौडेल सम्मानित भएका छन् ।
नेपाल पर्यटक यातायात व्यवसायी संघ, गण्डकी प्रदेशले उनलाई सम्मान गरेको हो ।
संघको पाँचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनका अवसरमा पत्रकारिताका माध्यमबाट पर्यटन क्षेत्रको विकासमा उल्लेख्य योगदान गरेको भन्दै पौडेललाई गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जित प्रकाश आले मगरले सम्मान गरेका हुन् ।
उनलाई २५ हजार रुपैयाँ नगद सहित दोसल्ला र सम्मानपत्रबाट सम्मान गरिएको छ । सम्मानित पौडेल राष्ट्रिय समाचार समिति (रासस) गण्डकी प्रदेश प्रमुख हुन् ।
मन्त्री आलेले गण्डकी प्रदेश सरकारले पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताउँदै विगतमा कोभिड लगायतका कारण पर्यटन क्षेत्र प्रभावित बनेपनि अब त्यसको प्रभाव घट्दै गएकोले पर्यटन प्रवद्र्धनका गतिविधि अघि बढाउनुपर्ने उल्लेख गरे ।
पर्यटन क्षेत्रको विकासका लागि सहयोग गर्न सरकार तयार रहेकोको उनको भनाइ छ ।
प्रकाशित मिति २०८० मंसिर २४ गते आइतबार ११:१६
हजुरको प्रतिक्रिया