२०८३ साउन २१ गते बिहीबार

बदलिएको परिस्थितिअनुसार कार्यसम्पादन गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

बदलिएको परिस्थितिअनुसार कार्यसम्पादन गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० फागुन २७ गते आइतबार ०५:४८

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बदलिएको परिस्थितिअनुसार तयार हुने ‘न्यूनतम साझा कार्यक्रम’ अनुसार काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अर्धवार्षिक समीक्षा बैठकमा...

आगामी वर्षको तयारीमा लाग्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बदलिएको परिस्थितिअनुसार तयार हुने ‘न्यूनतम साझा कार्यक्रम’ अनुसार काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अर्धवार्षिक समीक्षा बैठकमा आइतबार उनले सरकारको न्यूनतम नीति तथा कार्यक्रमअनुसार थप गतिशील भएर काम गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका निकायको लक्ष्यअनुसारको कार्यसम्पादन प्रगतिसम्बन्धमा मासिकरूपमा छलफल गर्ने, समस्या पहिचान गर्ने र सुधार गर्नेतर्फ विशेष ध्यान दिन जरुरी रहेको उल्लेख गरे ।

प्रधानमन्त्री दाहालले राष्ट्रिय गौरवका आयोजना नियमित गर्नका लागि कार्यतालिका बनाएर अगाडि बढ्ने व्यवस्था गर्न समेत निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

तोकिएको लक्ष्य, तोकिएकै समयमा पूरा गर्न जरुरी रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यसका लागि कार्यालयले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए ।

प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम तयारीको चरणमा प्रवेश भएको उल्लेख गर्दै चालु आर्थिक वर्षको कार्यसम्पादनको स्थिति विश्लेषण गरी आगामी वर्षको तयारीमा लाग्न निर्देशन दिएका छन् ।

प्रकाशित मिति २०८० फागुन २७ गते आइतबार ०५:४८
हजुरको प्रतिक्रिया