पोखरा
अन्नपूर्ण गाउँपालिका-४ सल्लाघारीमा भएको दुर्घटनामा २ जना मृत्यु भएको छ । भने १० जना घाइते भएका छन् । पोखराबाट भदौरेतर्फ जादै गरेको ग १ ज ५५४७ नम्बरको जीप दिउँसो साढे ३ बजे अन्नपूर्ण गाउँपालिका-४ सल्लाघारीमा दुर्घटनामा परेको थियो । घाइते १० जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सूर्यबहादुर रानाले जानकारी दिए ।
पोखरा महानगरपालिका २३ का ५२ वर्षीया जयराम सुनार र ५५ वर्षीय लक्ष्मण सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घाइते हुनेमा अन्नपूणर् गाउँपालिका ४ का २२ वर्षीय धनराज सुनार, पोखरा २३ का ५८ वर्षीय लक्ष्मण कामी, ७ वर्षीय आरुष बिक, ४१ को राजकुमार विक छन् । यस्तै सोही ठाउँका ३५ वर्षीय प्रकाश सुनार, ३५ वर्षीया सुशिला सुनार, १५ वर्षीया सोनिशा सुनार, २२ महिनाको बालक सुप्रिम सुनार छन् ।
पोखरा २३ का ६० वर्षीय रामप्रसाद सुनार, अन्नपूणर्की ५० वर्षीया देउमाया केसी पनि दुर्घटनामा घाइते भएका हुन् । घाइते मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति २०८० चैत १८ गते आइतबार ०८:३३




