पोखरा
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
सर्वाेच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले नियमित कार्य सञ्चालन बाहेकका दीर्घकालिन असर पर्ने निर्णय नगर्न आदेश दिएको हो ।
मुख्यमन्त्री अधिकारीको नियुक्ति बदर गर्न नेपाली कांग्रेस गण्डकीका संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश प्रमुख डिल्लीराज भट्टसहित चारलाई विपक्षी बनाएर मंगलबार सर्वोच्च रिट दायर गरेका थिए ।
उनले अधिकारीको नियुक्ति खारेज गरेर संविधानको धारा १६८ को उपधारा ३ बमोजिम आफूलाई मुख्यमन्त्री नियुक्त गर्न अन्तरिम आदेशको माग गरेका छन् ।
प्रकाशित मिति २०८० चैत २८ गते बुधबार ०६:०७