२०८३ साउन २१ गते बिहीबार

इजरायलमा नेपाली श्रमिक सुरक्षित छन् : मन्त्री अर्याल

इजरायलमा नेपाली श्रमिक सुरक्षित छन् : मन्त्री अर्याल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ वैशाख २ गते आइतबार ०४:३८

आइतबार विहानदेखि इरानले इजरायलको राजधानीतेलअविवलगायतका क्षेत्रमा ड्रोन आक्रमण गरेपछि श्रममन्त्रीअर्यालले नेपालीश्रमिकको सुरक्षाको विषयमाचासो व्यक्त गरेका हुन् ।

काठमाडौं ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले इजरायलमा रहेको नेपाली श्रमिकको विषयमा चासो व्यक्त गरेका छन् ।

आइतबार विहानदेखि इरानले इजरायलको राजधानी तेल अविवलगायतका क्षेत्रमा ड्रोन आक्रमण गरेपछि श्रममन्त्री अर्यालले नेपाली श्रमिकको सुरक्षाको विषयमा चासो व्यक्त गरेका हुन् ।

श्रममन्त्री अर्यालले इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालसँग टेलिफोनमा सम्पर्कगरी नेपाली श्रमिकको बारेमा जानकारी लिएका हुन् । राजदूत रिजालकाअनुसार अहिलेसम्म नेपाली श्रमिक सुरक्षित रहेको बताए । साथै दूतावासले अत्यावश्यकबाहेक घरबाट ननिस्कन नेपाली श्रमिकलाई आग्रह गरेको बताए । इजरायल चार हजार नेपाली छन् ।

प्रकाशित मिति २०८१ वैशाख २ गते आइतबार ०४:३८
हजुरको प्रतिक्रिया