२०८३ साउन २१ गते बिहीबार

गण्डकी सरकार नियुक्ति विरुद्धको मुद्दा हेर्दाहेर्दैमा, अर्को पेशी बैशाख १७ गते हुने

गण्डकी सरकार नियुक्ति विरुद्धको मुद्दा हेर्दाहेर्दैमा, अर्को पेशी बैशाख १७ गते हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ वैशाख १० गते सोमबार ०५:५३

सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधान र सारंगा सुवेदीको इजलासमा सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा गएकोे हो ।

पोखरा
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा गएको छ ।

सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधान र सारंगा सुवेदीको इजलासमा सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा गएकोे हो । मुद्दाको अर्को पेशी बैशाख १७ गतेका लागि तोकिएको छ ।

एमाले संसदीय दलका नेता अधिकारीले सभामुख धिताललाई समेत माओवादी दलको सदस्यमा गणना गरेर चैत २५ गते मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । प्रदेश प्रमुख भट्टले पनि त्यही दिन अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेपछि निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सर्वोच्च पुगेका थिए ।

यसअघि सर्वोच्च अदालतले सर्वोच्च अदालतले सरकारलाई नियमित कार्य सञ्चालन बाहेकका र दीर्घकालीन असर पर्ने निणर्यहरू नगर्न अन्तरिम आदेश दिएको थियो ।

प्रकाशित मिति २०८१ वैशाख १० गते सोमबार ०५:५३
हजुरको प्रतिक्रिया