पोखरा
नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले गत चैत १६ गते सांसद गुरुङको निलम्बल फुकुवा गर्न आदेश दिएको थियो ।
सोही आदेशअनुसार संघीय संसद्का बुधबार सूचना जारी गर्दै निलम्बल फुकुवाको जानकारी गराएको हो । गुरुङ भृकुटीमण्डपको जग्गा भाडा प्रकरणमा दोषी ठहर भएका थिए ।
भ्रष्टाचारसम्बन्धी मुद्दा चलिरहेकै अवस्थामा उनी गत वर्ष भएको आमचुनावमा मनाङबाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन् । तर, भ्रष्टाचार मुद्दा परेपछि सांसद स्वतः निलम्बन हुने व्यवस्थाअनुसार उनी निलम्बित थिए ।
विशेष अदालतले सो भ्रष्टाचासम्बन्धी मुद्दामा उनलाई दोषी ठहर गर्दै आर्थिक जरिवानाको फैसला गरेको छ । विशेष अदालतको फैसलापछि आफ्नो निलम्बन फुकुवाको माग गर्दै गुरुङले सर्वोच्चमा रिट दायर गरेका थिए ।
उनले आफूलाई आर्थिक सजाय मात्र तोकेको जेल सजाय नतोकेको भन्दै निलम्बन फुकुवा गर्नुपर्ने जिकिर गरेका थिए । सर्वोच्चले निवेदकको मागअनुसारै रिट जारी गरेको थियो ।
प्रकाशित मिति २०८१ वैशाख १२ गते बुधबार ०६:३६