२०८३ साउन २१ गते बिहीबार

इलाममा सुहाङको अग्रता कायमै

इलाममा सुहाङको अग्रता कायमै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ वैशाख १७ गते सोमबार ०७:३६

इलाम । प्रतिनिधि सभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङले अग्रता बढाइरहेका छन् । पछिल्लाे गणना अनुसार नेम्वाङले ८ हजार ८९८ मत ल्याएका छन् । नेम्वाङलाई पछ्याइरहेका कांग्रेसका डम्बर खड्काले ६ हजार २८०...

स्वतन्त्र उम्मेदवारले मत बढाए, रास्वपाले हजार मत कटायाे

इलाम ।

प्रतिनिधि सभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङले अग्रता बढाइरहेका छन् ।

पछिल्लाे गणना अनुसार नेम्वाङले ८ हजार ८९८ मत ल्याएका छन् ।

नेम्वाङलाई पछ्याइरहेका कांग्रेसका डम्बर खड्काले ६ हजार २८० मत ल्याएका छन् ।

पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले पनि मत बढाएका छन् । उनी ४ हजार ६३४ मतका साथ तेस्रो स्थानमा छन् ।

रास्वपाका मिलन लिम्बु भने अरु उम्मेदवारभन्दा धेरै पछाडि छन् । उनले १ हजार ३०५ मत पाएका छन् ।

२०७९ सालको निर्वाचनमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र इलाम- २ बाट निर्वाचित सुवासचन्द्र नेम्बाङको निधन भएपछि रिक्त रहेकाे स्थानमा २०८१ साल वैशाख १५ गते उपनिर्वाचन भएको हो ।

प्रकाशित मिति २०८१ वैशाख १७ गते सोमबार ०७:३६
हजुरको प्रतिक्रिया