२०८३ साउन २१ गते बिहीबार

कास्कीमा कक्षा १२ को परीक्षाको प्रश्नपत्र आउट गर्ने दुई शिक्षक पक्राउ

कास्कीमा कक्षा १२ को परीक्षाको प्रश्नपत्र आउट गर्ने दुई शिक्षक पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ वैशाख १७ गते सोमबार ०६:४७

पोखरामा कक्षा १२ को सामाजिक शिक्षा विषयको प्रश्नपत्र आउट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पोखरा
पोखरामा कक्षा १२ को सामाजिक शिक्षा विषयको प्रश्नपत्र आउट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

कास्कीको पोखरा महानगरपालिका–११ फुलबारी स्थित शिवशक्ति माध्यमिक विद्यालयमा संचालन भईरहेको कक्षा १२ को सामाजिक शिक्षा विषयको प्रश्नपत्र विद्युतीय माध्यमबाट आउट गरेको आरोपमा कास्की प्रहरीले दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

फुलबारीका ३९ वर्षीय नारायण बास्तोला ३७ वर्षीय रामचन्द्र बास्तोलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।

उनीहरुलाई कक्षा १२ को ८ वटा थप उत्तर पुस्तिका र ३ वटा मोबाइल फोनसहित पक्राउ गरिएको शर्माले बताए । दुवै जना सोही विद्यालयको शिक्षक रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुमाथि शिक्षा ऐन २०२८, अन्तर्गतको कसुरमा जिल्ला अदालत कास्कीबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०८१ वैशाख १७ गते सोमबार ०६:४७

हजुरको प्रतिक्रिया