२०८३ साउन २१ गते बिहीबार

गण्डकीको मुख्यमन्त्री नियुक्तिबारे रिट निवेदन खारेज

गण्डकीको मुख्यमन्त्री नियुक्तिबारे रिट निवेदन खारेज

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ वैशाख १७ गते सोमबार ०७:१३

पोखरा गण्डकी सरकारका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तविरुद्ध परेको रिट सर्वाेच्च अदालतले खारेज गरिदिएको छ । सर्वाेच्चका न्यायाधीश सपना मल्ल प्रधान र सारंगा सुवेदीको इजलासले कांग्रेस संसदीय दलको नेता सुरेन्द्रराज पाण्डेले...

पोखरा
गण्डकी सरकारका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तविरुद्ध परेको रिट सर्वाेच्च अदालतले खारेज गरिदिएको छ ।

सर्वाेच्चका न्यायाधीश सपना मल्ल प्रधान र सारंगा सुवेदीको इजलासले कांग्रेस संसदीय दलको नेता सुरेन्द्रराज पाण्डेले दर्ता गरेको रिट खारेज गरिदिएको सर्वाेच्चका सूचना अधिकारी गोपालप्रसाद घिमिरेले जानकारी दिए ।

एमाले संसदीय दलका नेता खगराज अधिकारीले सभामुखलाई समेत गणना गरेर दाबी पेसपछि मुख्यमन्त्री बनेपछि कांग्रेस संसदीय दलको नेता सुरेन्द्रराज पाण्डेले रिट दायर गरेका थिए ।

सभामुख कृष्ण धितालकोसमेत संलग्नतामा प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई मुख्यमन्त्री नियुक्त गर्नु असंवैधानिक भएको भन्दै निवर्तमान मुख्यमन्त्री पाण्डेले चैत २७ गते सर्वाेच्चमा रिट हालेको थिए । पाण्डेले मुख्यमन्त्री अधिकारीसहित प्रदेश प्रमुख भट्ट र सभामुखलाई समेत विपक्षी बनाएर रिट दायर गरेका थिए । चैत २८ गते सर्वोच्च अदालतले मुख्यमन्त्री अधिकारीलाई दीर्घकालिन असर गर्ने निर्णय नलिन अन्तरिम आदेश जारी गरेको थियो ।
बैशाख १० गतेलाई पेशी तोकिएपनि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । सोमबार भएको बहसले कांग्रेस संसदीय दलका नेता पाण्डेको रिट खारेज गरिदिएको हो ।

प्रकाशित मिति २०८१ वैशाख १७ गते सोमबार ०७:१३
हजुरको प्रतिक्रिया