२०८३ साउन २१ गते बिहीबार

पोखरा स्पोर्ट्स अवार्डमा प्रकाश सपुतले प्रस्तुति दिने, प्रवेश निःशुल्क

पोखरा स्पोर्ट्स अवार्डमा प्रकाश सपुतले प्रस्तुति दिने, प्रवेश निःशुल्क

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ वैशाख २५ गते मंगलबार ०१:४३

पोखरा सभागृहमा आउँदो शुक्रबार चर्चित गायक प्रकाश सपुतले प्रस्तुतिमा दिने भएका छन् ।

पोखरा
पोखरा सभागृहमा आउँदो शुक्रबार चर्चित गायक प्रकाश सपुतले प्रस्तुतिमा दिने भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजनामा चैत २८ गते हुने आठौँ पोखरा स्पोर्ट्स अवार्ड कार्यक्रममा प्रकाश सपुतले प्रस्तुति दिन लागेका हुन् ।

कार्यक्रममा पोखरा सभागृहमा शुक्रबार दिउँसो ३ बजेदेखि सुरु हुनेछ । कार्यक्रममा प्रकाशसहित गायक सन्तोष बस्याल र निर्मल दाहालले पनि प्रस्तुति रहने आयोजकले जनाएको छ ।

नृत्यतर्फ तरेली साँस्कृतिक परिवारको लाठी नाच, कौरा र झ्याउरे नृत्य तथा बि बोइङ गण्डकीको प्रस्तुति समेत रहने कार्यक्रमका साँस्कृतिक उपसमितिका संयोजक मन क्षेत्रीले जानकारी दिए । कार्यक्रममा प्रवेश निशुल्क राखिएको छ ।

उक्त कार्यक्रममा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिनेछ । कार्यक्रम पब्लिक फोर के टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ ।

 

प्रकाशित मिति २०८१ वैशाख २५ गते मंगलबार ०१:४३
हजुरको प्रतिक्रिया