२०८३ साउन २१ गते बिहीबार

गण्डकी प्रदेशमा ट्राफिक सप्ताह सुरु

गण्डकी प्रदेशमा ट्राफिक सप्ताह सुरु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ वैशाख २५ गते मंगलबार ०७:४६

गण्डकी प्रदेशमा आजदेखि ट्राफिक सप्ताह सुरु भएको छ । गण्डकीका ११ वटै जिल्लामा वैशाख ३१ गतेसम्म चल्ने सप्ताहको उद्घाटन मुख्यमन्त्री खगराज अधिकारीले गरेका हुन् ।

पोखरा
गण्डकी प्रदेशमा आजदेखि ट्राफिक सप्ताह सुरु भएको छ । गण्डकीका ११ वटै जिल्लामा वैशाख ३१ गतेसम्म चल्ने सप्ताहको उद्घाटन मुख्यमन्त्री खगराज अधिकारीले गरेका हुन् ।

गण्डकी प्रदेशमा चालु आर्थिक वर्षमा ३ सय २२ वटा सवारी दुर्घटना हुँदा १ सय ५५ जनाले ज्यान गुमाएका छन् । कार्यक्रममा ७७ दशमलव २७ प्रतिशत दुर्घटना सवारी चालकको लापरवाहीका कारण हुने गरेको तथ्यांक सार्वजनिक गरिएको थियो ।

यस्तै यात्रुका कारण ८ दशमलव ८२ प्रतिशत, यात्रीका कारण ६ दशमलव ६८ प्रतिशत र सडकका कारण ६ दशमलव ९५ प्रतिशत दुर्घटना भएको तथ्यांक छ । कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री खगराज अधिकारीले ट्राफिक नियम पालना गर्नको लागि सबैलाई आग्रह गरे ।

शरीरमा रोग लाग्न नदिनका लागि आहार विहारमा ध्यान दिए जस्तैगरी ट्राफिक नियम पालना गर्न झन्झट नमानी सरल रुपमा लिनुपर्ने उनको भनाइ छ । शुभारम्भ कार्यक्रम अगाडि पोखराको चिप्लेढुंगाबाट सभागृहसम्म प्रभातफेरी कार्यक्रम गरिएको थियो ।

प्रकाशित मिति २०८१ वैशाख २५ गते मंगलबार ०७:४६
हजुरको प्रतिक्रिया