पोखरा
चलचित्र पत्रकार संघ नेपाल कास्कीले भित्तेपात्रो विमोचन गरेको छ । २०८१ सालको प्रकाशित भित्तेपात्रो मंगलबार गरिएको हो । चपसले वर्षेनी भित्तेपात्रो प्रकाशन गर्ने गरेको छ ।
भित्तेपात्रो विमोचनमा नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सरिता तिम्लसिना पंगेनीले चपसले नेपाली सिनेमाको उत्थानमा गरेका कामहरु सह्रानिय रहेको बताइन् ।
पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले सिनेमा टुरिजमको विकासमा प्रचारप्रसारको खाँचो रहेको उल्लेख गरे ।
पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले पोखरामा सिनेमा सम्बन्धि गतिविधिलाई बढवा दिएको उल्लेख गरिन् ।
संस्थाका अध्यक्ष प्रभु अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष श्रीराम सिग्देल, निर्वतमान अध्यक्ष अरुण गिरी, सचिव सन्तोष बस्याल लगायतले बोलेका थिए ।
प्रकाशित मिति २०८१ वैशाख २५ गते मंगलबार ०७:५७