२०८३ साउन २१ गते बिहीबार

पोखरामा हरित रोजगारी सिर्जना गर्न कोरियाले ९८ लाख डलर दिने

पोखरामा हरित रोजगारी  सिर्जना गर्न कोरियाले ९८ लाख डलर दिने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ जेठ २ गते बुधबार ०५:३०

पोखरा कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका गर्न ९८ लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ । अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि कोरियाका राजदूत तेयोङ पार्क र अर्थसचिव मधुकुमार मरासिनीले मंलबार सहयोगसम्बन्धी...

पोखरा
कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका गर्न ९८ लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ ।

अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि कोरियाका राजदूत तेयोङ पार्क र अर्थसचिव मधुकुमार मरासिनीले मंलबार सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

कोरियाली अन्तर्राष्ट्रिय सहयोग निकाय कोइकामार्फत उक्त रकम पोखरा महानगरपालिकालाई प्रदान गरिनेछ । महानगरपालिकासँगको सहकार्यमा फोहरमैला व्यवस्थापनका माध्यमबाट हरित रोजगारी सिर्जना गरिनेछ । हरित रोजगारी परियोजना राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)मार्फत सञ्चालन हुनेछ ।

त्यस अवसरमा अर्थसचिव मरासिनीले नेपालको सामाजिक-आर्थिक विकासमा कोरियाबाट निरन्तर सहयोग प्राप्त भएकामा कृतज्ञता व्यक्त गरे ।
कोरियाका राजदूत पार्कले परियोजनाका माध्यमबाट नेपालको आर्थिक विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको सन्दर्भमाआपसी सहयोग विस्तारमा जोड दिइएको उल्लेख गर्दै नेपाल कोरियाको प्राथमिकता प्राप्त देश रहेको बताए ।

प्रकाशित मिति २०८१ जेठ २ गते बुधबार ०५:३०
हजुरको प्रतिक्रिया