२०८३ साउन २१ गते बिहीबार

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ जेठ ७ गते सोमबार ०१:३६

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेससहितका विपक्ष दलहरुको अवरोधकाबीच प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन् ।

पोखरा
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेससहितका विपक्ष दलहरुको अवरोधकाबीच प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन् ।

प्रधानमन्त्री प्रचण्डले काँग्रेससहितको विपक्ष दलहरुबो अवरोधका बीच १५८ जना सांसदहरु उपस्थित भएकोमा १५७ जना सांसदले सो प्रश्तावको पक्षमा मतदान गरेका छन् ।

प्रतिनिधि सभामा हाल उपस्थित रहेका सांसदहरुको संख्या मध्ये १५७ मत बहुमत भएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गरेको सभामुख देवराज घिमिरेले घोषणा गरे ।

यता विपक्षहरुले मत नहालेकालेले सो प्रश्तावको विपक्षमा जिरो मत परेको थियो । प्रतिनिधिको अर्को बैठक जेठ ८ गते मंगलवार बिहान ११ बजे बोलाइएको छ ।

प्रकाशित मिति २०८१ जेठ ७ गते सोमबार ०१:३६
हजुरको प्रतिक्रिया