२०८३ साउन २१ गते बिहीबार

बस्ताकोटीको सम्मानका साथ अन्त्येष्टि

बस्ताकोटीको सम्मानका साथ अन्त्येष्टि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ जेठ १८ गते शुक्रबार ०१:२६

बस्ताकोटीको पार्थिव शरीरलाई पोखरा बजार परिक्रमापछि पोखरा सभागृहमा श्रद्धाञ्जलीका लागि राखिएको थियो ।

पोखरा

सगरमाथा आरोहण गरेर फर्कने क्रममा चौथो शिविरमा निधन भएका विनोदबाबु बस्ताकोटीको शुक्रबार अन्त्येष्टि गरिएको छ ।

उनी पोखरा महागनरपालिका वडानम्बर २६ का बासिन्दा हुन् । सगरमाथाको सफल आरोहणपश्चात आधार शिविरतर्फ फर्कने क्रममा जेठ २ गते साँझ ५ बजे हिमपहिरोमा परेर ३७ वर्षीय बस्ताकोटिको मुत्यु भएको हो ।

बस्ताकोटीको पार्थिव शरीरलाई पोखरा बजार परिक्रमापछि पोखरा सभागृहमा श्रद्धाञ्जलीका लागि राखिएको थियो ।

श्रद्धाञ्जली अर्पणमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र उपप्रमुख मञ्जुदेवी गुरुङ लगायत पुगेका थिए ।

राष्ट्रिय झण्डा, पोखरा महागनरको झण्डा ओढाएर बस्ताकोटीलाई श्रद्धाञ्जली अर्पण गरिएको छ ।

आरोहण गरेर फर्कने क्रममा सगरमाथाको चौथो शिविर पुग्न लाग्दा ८ हजार २०५ मिटरको उचाइमा उनको मृत्यु भएको पर्यटन विभाग अस्थायी फिल्ड कार्यालय सोलुखुम्बुले जनाएको छ ।

बस्ताकोटी पोखरामा रहेर पर्यटन व्यवसायमा क्रियाशिल थिए ।

प्रकाशित मिति २०८१ जेठ १८ गते शुक्रबार ०१:२६
हजुरको प्रतिक्रिया