२०८३ साउन २१ गते बिहीबार

बजेट माग्न आउनेसँग मुख्यमन्त्री पाण्डेको भेटघाट बन्द

बजेट माग्न आउनेसँग मुख्यमन्त्री पाण्डेको भेटघाट बन्द

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ जेठ २५ गते शुक्रबार ०७:४८

बिहीबार साँझदेखि नयाँ योजना पेश गर्ने उदेश्यले आउनेसँग भेटघाट बन्द गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएकोे हो ।

पोखरा

गण्डकी प्रदेश सरकार नीति तथा कार्यक्रम र बजेटको तयारीमा छ । जेठ १६ गते सर्वोच्चको परामदेशबाट सत्तामा फर्किएका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई बजेट बनाउने चटारोको बेला योजनाका फाइल लिएर आउनेको लर्कोले आजित बनाएको छ ।

मुख्यमन्त्री पाण्डेले नयाँ योजना पेश गर्न आउनेसँग भेटघाट बन्द गर्ने भएका छन् । बिहीबार साँझदेखि नयाँ योजना पेश गर्ने उदेश्यले आउनेसँग भेटघाट बन्द गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएकोे हो ।

विभिन्न माध्यामबाट माग गरेको योजना, बजेट सम्बन्धी विवरण प्राप्त भएको र स्रोतले भ्याएसम्म ति योजनाहरु प्राथमिकतामा पर्ने जनाइएको छ ।

‘असार १ गते बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था यहाँहरुलाई थाहा नै छ । बजेटको तयारीका लागि योजनाहरु सिस्टमा प्रविष्ट गर्नुपर्ने भएकाले मिति २०८१ जेठ २४ गते ५ बजेपछि आगामी वर्ष समावेश गर्ने गरि नयाँ योजना लिन हामी असमर्थ हुनेछौँ’, सचिवालयले फेसबुकमा लेखेको छ, ‘नयाँ योजना पेश गर्ने उदेश्यले भेटघाट गर्न यहाँहरुलाई दुःख कष्ट नहोस् भन्ने धेयले यो सूचना जारी गरिएको छ ।’

मुख्यमन्त्री नियुक्त भएको दिनदेखि नै बधाइ दिएर योजना माग्न आउनेको भीड  छ । प्रदेशका सांसद, स्थानीय तहका जनप्रतिनिधि, विभिन्न दलका नेता कार्यकर्ता, संघसंस्था प्रतिनिधि योजनाको फाइल लिएर प्रदेशका मन्त्रालय धाइरहेका हुन् ।

प्रकाशित मिति २०८१ जेठ २५ गते शुक्रबार ०७:४८
हजुरको प्रतिक्रिया