२०८३ साउन २१ गते बिहीबार

माओवादी केन्द्रले गण्डकीका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

माओवादी केन्द्रले गण्डकीका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ जेठ २८ गते सोमबार ०४:२१

पाेखरा । माओवादी केन्द्रले गण्डकी प्रदेसका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने भएको छ । माओवादी केन्द्र गण्डकी प्रदेशका संसदीय दलका नेता हरि चुमानले माओवादी केन्द्र गण्डकीका मुख्यमन्त्रीले राखेको विश्वासको मतको प्रस्तावको...

पाेखरा । माओवादी केन्द्रले गण्डकी प्रदेसका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने भएको छ ।

माओवादी केन्द्र गण्डकी प्रदेशका संसदीय दलका नेता हरि चुमानले माओवादी केन्द्र गण्डकीका मुख्यमन्त्रीले राखेको विश्वासको मतको प्रस्तावको विपक्षमा रहेको बताए ।

नेता चुमानले माओवादी केन्द्रले अहिलेका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने पार्टीले निर्णय गरेर ह्विप जारी गरिसकेको उल्लेख गरे । सोमबार प्रदेशसभामा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राखेको विश्वासको मतको प्रस्तावमा बोल्दै ‘माओवादी केन्द्रले वर्तमान सरकारको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको र सो वमोजिमको ह्विप जारी गरिसकेको छ । यो ह्विप हाम्रा सवै सदस्यहरुमा लागू हुन्छ’ चुमानले भने ।

नेसपा सांसद फडिन्द्र देवकोटाले फ्लोर क्रस गर्नसक्ने तर्फ इंगित गर्दै नेता चुमानले ‘उहाँपनि गण्डकी प्रदेशको माओवादी केन्द्र संसदीय दलको सदस्य हुनुहुन्छ, पार्टीले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेर ह्विप जारी गरेको छ र योे सवै सदस्यहरुमा लागू हुनेछ’ भने ।

चुमानले अहिले विश्वासको मत दिन नसकेपनि चित्त नदुखाउन र ५ मा पुगपछि थप छलफल र धेरै कुराहरु गर्न बाँकी रहेको बताए ।

प्रकाशित मिति २०८१ जेठ २८ गते सोमबार ०४:२१
हजुरको प्रतिक्रिया