२०८३ साउन २१ गते बिहीबार

कसैले फ्लोर क्रस गरे एमालले प्रतिवाद गर्छ-खगराज अधिकारी

कसैले फ्लोर क्रस गरे एमालले प्रतिवाद गर्छ-खगराज अधिकारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ जेठ २८ गते सोमबार ०४:३०

पोखरा । नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले कसैले फ्लोर क्रस गरे प्रतिवाद गर्ने बताएका छन् । गण्डकी प्रदेश सभामा सम्बोधन गर्दै उनले माओवादी सांसद तथा नेपाल समाजवादी पार्टी (नेसपा)...

पोखरा ।

नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले कसैले फ्लोर क्रस गरे प्रतिवाद गर्ने बताएका छन् ।

गण्डकी प्रदेश सभामा सम्बोधन गर्दै उनले माओवादी सांसद तथा नेपाल समाजवादी पार्टी (नेसपा) नेता फडिण्द्र देवकोटाप्रति लक्षित गर्दै ह्विप मान्नुपर्ने बताए ।

‘दल एउटा, भोट अर्को ठाउँमा जान्छ भने स्वाभाविक मानिँदैन । हाकाहाकी यस्तो भनेको सुनियो,’ उनले भने, ‘त्यसलाई राजनीतिक रुपमा प्रतिवाद गरिन्छ । कुना कोठामा बसेर गरेका निर्णय अनुमोदन गर्ने ठाउँ संसद् होइन ।’

उनले गण्डकीमा त्यस्तो नहुने आसा गरेका छन् । ‘प्रष्ट भनेकै छ, दलको ह्विप मान्ने कुरा । त्यस्तो रूप यहाँ देखिँदैन भन्नेमा आसावादी छु,’ उनले भने । अधिकारीले ०५१ मा संसद फाेहरी हुँदा हिंसात्मक विद्राेह जन्मिएकाे स्मरणा गर्न अनुराेध गर्दै संसदलाई फाेहरी नबनाउन आग्रह गरे ।

सभामा बाेल्दै नेता अधिकारीले आफूले विश्वासको मत यसअघि नै पाएपनि त्यसलाई अदालतले खारेज गरेकोमा गुनासो गुनासाे समेत गरे ।

प्रकाशित मिति २०८१ जेठ २८ गते सोमबार ०४:३०
हजुरको प्रतिक्रिया