पोखरा
महिला पर्यटन व्यवसायी मञ्च ओटेफलाई कारागारमा सामाग्री वितरण गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्यमा जिल्ला कारागार कास्कीमा रहेका महिलालाई सेनेटरी प्याड, म्याट्रेक्स तथा युरोगार्ड वितरण गरेको ।
सामाजिक उत्तरदायित्व अन्तर्गत कारागाराका महिलालाई सेनेटेरी प्याड लगायतका समाग्री हस्तान्तरण गरिएको मञ्चका अध्यक्ष उमा रेग्मी भण्डारीले जानकारी दिइन ।
उनका अनुसार महिलालाई अत्यावश्यक सेनेटरी प्याड एक हजार २०० थान, म्याट्रेक्स एक रोल र युरो गार्ड एक थान हस्तान्तरण गरिएको हो ।
मञ्चले स्वदेश एवम् विदेशमा पर्यटन राजधानी पोखरासहित समग्र देशको पर्यटन प्रवद्र्धनका साथै सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष भण्डारीले बताइन्् ।
प्रकाशित मिति २०८१ असार ८ गते शनिबार ०५:५७