२०८३ साउन २१ गते बिहीबार

जताततै पहिरो खस्दा बेनीको यातायात सम्पर्कविच्छेद

जताततै पहिरो खस्दा बेनीको यातायात सम्पर्कविच्छेद

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असार २२ गते शनिबार ०२:०३

बेनी बजारलाई जोडेको राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडक, बेनी–बागलुङ सडक सम्पर्क विच्छेद भएको हो ।

म्याग्दी

लगातारको अविर वर्षापछिको बाढीपहिरोले म्याग्दीको सदरमुकाम बेनी बजारलाई जोड्ने सडक सम्पर्क टुटेको छ ।

बेनी बजारलाई जोडेको राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडक, बेनी–बागलुङ सडक सम्पर्क विच्छेद भएको हो ।

बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको फापरखेतको पहिरोले पश्चिम म्याग्दीको मंगला, मालिका, धवलागिरी गाउँपालिकाको सडक सञ्जाल पुरै विच्छेद भएको छ । जिल्लाका ग्रामिण क्षेत्रका सडकको ठाउँठाउँमा पहिरोले आउजाउ गर्ने यात्रुलाई सास्ती भएको छ ।

बेनी–जोमसोम–कोरला सडक अन्तर्गत बैसरी लगायत म्याग्दीखण्डका करिब आधा दर्जन स्थानमा पहिरो खसेको छ । मुस्ताङलाई सडकसञ्जालमा जोड्ने एकमात्रै सडक सम्पर्कविच्छेद भएको छ । पोखरा–जोमसोम हवाई मार्ग समेत सहज छैन । म्याग्दीको बेनीदेखि मुस्ताङको जोमसोमसम्म ७६ किलोमिटर दूरी छ ।

सडकखण्डमा पहिरोसँगै माथिबाट खसेको पानीले यात्रा निकै जोखिमपूर्ण बनाएको छ । बर्षा नरोकिएसम्म अवरुद्ध भएका कुनैपनि सडक खुलाउन सम्भव छैन । सडकखण्डमा बर्षासँगै माथिबाट निरन्तर रुपमा ढुंगामाटो खसिरहेकोले तल सडक खुलाउन सम्भव नभएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताए । जिल्लाभित्र र बाहिर जाने यात्रु भारी बर्षासँगै सडक अवरुद्ध हुदाँ अलपत्र परेका छन् ।

प्रकाशित मिति २०८१ असार २२ गते शनिबार ०२:०३
हजुरको प्रतिक्रिया