२०८३ साउन २१ गते बिहीबार

पहिरोले गण्डकीमा जताततै सडक अबरुद्ध

पहिरोले गण्डकीमा जताततै सडक अबरुद्ध

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असार २२ गते शनिबार ०२:४५

शेराटारस्थित फेदीखोलाको अस्थायी कल्भर्ट बगाउदाँ पृथ्वी राजमार्ग अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी दीपककुमार रायले जानकारी दिए ।

पोखरा

भारी वर्षापछिको बाढीपहिरोले गण्डकी प्रदेशका अधिकांश प्रमुख सडक अबरुद्ध भएको छ । पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग, बेनी जोमसोम र बेसीशहर चामे सडकखण्ड पूर्ण रुपमा अबरद्ध भएका हुन् ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–७ र म्याग्दे गाउँपालिका–६ शेराटारस्थित फेदीखोलाको अस्थायी कल्भर्ट बगाउदाँ पृथ्वी राजमार्ग अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी दीपककुमार रायले जानकारी दिए । ‘बाटो खुलाउने प्रयास भइरहेको छ । केही समय लाग्ने भएकाले वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेका छौं’, उनले भने । पोखरा आउनका लागि दमौलीबाट लमजुङको सोतीपसल हुँदै कास्कीको लेखनाथ निस्कने वैैकल्पिक मार्ग रहेको छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङजाका तीन स्थानमा पहिरोले सडक अबरुद्ध रहेकोे जिल्ला प्रहरी कार्यालय स्याङजाका सूचना अधिकारी डिएसपी इन्द्रबहादुर रानाले बताए । उनका अनुुुसार पुतलीबजार नगरपालिकाको सुमरेखोला, भिरकोट नगरपालिकाको दहथुम र गल्याङकोे चिउरीमा सडक अबरुद्ध छ ।

बेनी–जोमसोम–कोरला सडक अन्तर्गत बैसरी लगायत म्याग्दीखण्डका करिब आधा दर्जन स्थानमा पहिरो खसेको छ । मुस्ताङलाई सडक सञ्जालले जोड्ने एकमात्रै सडक सम्पर्कविच्छेद भएको हो । बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको फापरखेतको पहिरोले पश्चिम म्याग्दीको मंगला, मालिका, धवलागिरी गाउँपालिकाको सडक सञ्जाल पुरै विच्छेद भएको छ ।

मनाङ जोड्ने एकमात्र मार्ग बेशीहर चामे सडकखण्ड असार १८ गतदेखि नै अवरुद्ध छ ।

गण्डकीका अधिकांश ग्रामिण सडकपनि पहिरोले क्षतविक्षत बनाएको छ ।

शुक्रबार साँझदेखि निरन्तर परेको भारी वर्षाले गण्डकीका सबै जिल्लाका साना खोलादेखि नदीमा पानी वहाव निकै बढेको छ ।

बाढी पूर्वानुमान महाशाखाले प्रविष्ट गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी स्याङजामा वर्षा भएको छ । स्याङ्जामा २५९ मिलिमिटर, मिलमिटर, तनहुँको विमलनगरमा १४२ मिलिमिटर, नवलपुरको देउरालीमा २०१ मिलिमिटर, तनहुँको सुखौरामा १५१ मिलिमिटर, गोरखाको बारपाकमा १५४ मिलिमिटर वर्षा मापन गरिएको छ ।

प्रकाशित मिति २०८१ असार २२ गते शनिबार ०२:४५
हजुरको प्रतिक्रिया