पोखरा
गण्डकी प्रदेशमा बाल परिषद् पुर्नगठन गरिएको छ ।
प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको आयोजनामा शनिबार पोखरामा भएको तेस्रो प्रदेश बाल भेलाले बाल परिषद् पुर्नगठन गरिएको हो ।
परिषद्को अध्यक्षमा पर्वतका सन्दीप चापागाईं चयन भएका छन् । उपाध्यक्षमा नवलपुरकी एलिसा गैरे, सविचमा कास्कीका गणेश वाग्ले, कोषाध्यक्ष स्याङ्जाकी कुसुम रेग्मी र सहसचिवमा म्याग्दीका अभिषेक पौडेल चयन भएका छन् ।
सदस्यहरुमा मुस्ताङकी धनमाया विक, गोरखाका सुप्रिम पोखरेल, नवलपुरका प्रशान्त अर्याल, कास्कीकी अंकिता परियात, मनाङका मंगल गुरुङ, स्याङ्जाका शालीग्राम खनाल, लमजुङकी लप्सरा घर्ती, तनहुँकी वेल्का हरियाली नेपाली, बागलुङकी अनुषा कँडेल र तनहुँकी वर्षा गुरुङ छानिएका छन् ।
प्रकाशित मिति २०८१ असार २३ गते आइतबार ०१:२१