२०८३ साउन २१ गते बिहीबार

‘प्रवासी नेपाली मन्च युके साउथ वोइस्ट’ शाखाको अध्यक्षमा प्रमिश चयन

‘प्रवासी नेपाली मन्च युके साउथ वोइस्ट’ शाखाको अध्यक्षमा प्रमिश चयन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असार २४ गते सोमबार ०६:३०

पोखरा प्रवासी नेपाली मन्च युके साउथ वोइस्ट शाखाको अध्यक्षमा प्रमिश शर्मा सर्वसम्मत चयन भएका छन् । युकेमा भएको मन्चको अधिवेशनले शाखाको उपाध्यक्षमा दिपक खड्का, सचिवमा प्रताप अधिकारी र कोषाध्यक्षमा चन्दन गुरुङ चयन भएका हुन् । मन्चको...

पोखरा
प्रवासी नेपाली मन्च युके साउथ वोइस्ट शाखाको अध्यक्षमा प्रमिश शर्मा सर्वसम्मत चयन भएका छन् ।

युकेमा भएको मन्चको अधिवेशनले शाखाको उपाध्यक्षमा दिपक खड्का, सचिवमा प्रताप अधिकारी र कोषाध्यक्षमा चन्दन गुरुङ चयन भएका हुन् ।

मन्चको सदस्यहरुमा नइन्द्र गुरुङ, हेम थापामगर, सपना मल्ल के.शी, सुसेन थापा, सन्तबहादुर गुरुङ, प्रकाश गिरी र प्रमोद थापा चयन भएका छन् । यसअघि कार्यक्रम बोल्दै नवनिर्वाचित अध्यक्ष शर्माले आफ्नो कार्यकालमा प्रवासी नेपालीहरुको बिकास र प्रबर्द्धन हुने सकारात्मक खालको काम गर्ने बताए ।

उनले आफुलाई अध्यक्ष बनाएकोमा सबैलाई धन्यवाद दिदै राम्रो काम गर्न सबैको सहयोगको अपेक्षा समेत गरे । कार्यक्रममा उपाध्यक्ष खड्काले युकेमा नेपाली समाजहरुले धेरै कार्यक्रम गरेको बताउदै भोलीका दिनमा मन्चले नेपाली समाजमुखी विभिन्न कार्यक्रम आयोजना गर्ने बताए ।

सचिव अधिकारीले आफुलाई सचिव जस्तो उर्जाशिल पदमा निर्वाचित गराउनु हुने सबैलाई आभार व्यक्त गर्दे युवाको हक हित र क्षमता बिकास काम गर्न पहल गर्ने बताए । उनले भोलीक दिनमा बिबिध कला संस्कृतिमुखी खालको कार्यक्रम गर्ने पनि बताए ।

प्रकाशित मिति २०८१ असार २४ गते सोमबार ०६:३०
हजुरको प्रतिक्रिया