२०८३ साउन २१ गते बिहीबार

रोल्पा पोखरा समाज परिसरमा वृक्षरोपण

रोल्पा पोखरा समाज परिसरमा वृक्षरोपण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ साउन ६ गते आइतबार ०४:०३

पोखरा निर्मल टोलमा रहेको समाज भवनमा वृक्षरोपण गरिएको समाजका पूर्वअध्यक्ष प्रसाद बुढामगरले जानकारी दिए ।

पोखरा

रोल्पा पोखरा समाजले शनिबार आफ्नो समाज भवन परिसरमा वृक्षरोपण कार्यक्रम गरेको छ ।

पोखरा निर्मल टोलमा रहेको समाज भवनमा वृक्षरोपण गरिएको समाजका पूर्वअध्यक्ष प्रसाद बुढामगरले जानकारी दिए ।

आर्थिक आम्दानीसँग पनि जोड्न सकिने प्रजातिको विरुवा रोपेको र त्यसले पर्यावरणीय दृष्टिकोणले पनि फाइदा हुने बुढामगरले बताए ।

उनका अनुसार वृक्षरोपण कार्यक्रममा समाजका सम्पूर्ण सल्लाहकार र सदस्यहरुको उपस्थिति थियो ।

साथै सोही अवसरमा समाजका संस्थापक सचिव रामप्रसाद रोकामगरलाई पनि सम्मान गरिएको थियो ।

१ दशक लामो दक्षिण कोरिया बसाइँपश्चात नेपाल फर्किएका समाजसेवी रामसहित उनकी पत्नी मनसरा रोकामगरलाई सम्मान गरिएको बुढामगरले जानकारी दिए ।

प्रकाशित मिति २०८१ साउन ६ गते आइतबार ०४:०३
हजुरको प्रतिक्रिया