पोखरा
देशभर आएको बाढी पहिरोलगायतका विपद्मा परी १४३ जनाको मृत्यु भएको छ । गत जेठ २८ गतेदेखि हालसम्म भएका विपद्का घटनाबाट ४७ जना बेपत्ता भएका हुन् ।
प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार अविरल वर्षाका कारण काठमाडौँ उपत्यकामा दुई जना, कोशी प्रदेशमा २२ जना, मधेस प्रदेशमा छ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २४ जना, कर्णाली प्रदेशमा आठ जना र सुदूरपश्चिम प्रदेशमा १० जनाको ज्यान गएको हो ।
काठमाडौँ उपत्यकामा नौ, कोशीमा ३५, मधेस प्रदेशमा १०, बागमतीमा नौ, गण्डकीमा ३१, लुम्बिनीमा नौ, कर्णालीमा ४४ र सुदूरपश्चिममा १४ जनागरी जम्मा १६१ जना घाइते भएका छन् ।
काठमाडौँमा तीन, कोशीमा ४९, गण्डकीमा १२, कर्णालीमा दुई र सुदूरपश्चिममा पाँच जनागरी जम्मा ७१ जनाको उद्धार गरिएको छ ।
कोशीमा दुई, बागमतीमा ४२, गण्डकीमा दुई र कर्णालीमा एक जनागरी ४७ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजीकार्य जारी छ । बाढीका कारण १८४ घर डुबानमा परेका छन् ।
प्रकाशित मिति २०८१ साउन १५ गते मंगलबार ०९:३१