२०८३ साउन २१ गते बिहीबार

म्याग्दीमा रोग लागेर मरेको भैंसी काट्ने पक्राउ

म्याग्दीमा रोग लागेर मरेको भैंसी काट्ने पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ साउन १५ गते मंगलबार ०४:४०

बेनी नगरपालिका–२, हाडेभिरमा मरेको भैसी काट्दै गरेको अवस्थामा सुरेश दर्जीलाई रंगेहात पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

म्याग्दी

म्याग्दीमा बिरामी भएर मरेको भैसी काट्दै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् ।

बेनी नगरपालिका–२, हाडेभिरमा मरेको भैसी काट्दै गरेको अवस्थामा सुरेश दर्जीलाई रंगेहात पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

ग्रामिण क्षेत्रमा रहेका कृषकको गोठबाट बिरामी अवस्थामै ल्याइएको भैसी बधस्थल बाहिरै काट्दै गरेको अवस्थामा रंगेहात समातिएको बेनी नगरपालिका पशु शाखाका अधिकृत चिन्तामणी शर्माले जानकारी दिए । सर्वसाधारणले दिएको सूचनाको आधारमा रंगेहात समातिएको शर्माको भनाइ छ ।

पशु बिक्रेता र खरिद गर्ने दुबैले बिरामी अवस्थामा बिक्री गरेको र ल्याउँदै गर्दा बधस्थल नजिकै मरेको स्वीकार गरेका थिए । मासु ब्यवसायी दर्जीलाई खाद्य ऐन अनुसार कारवाहीका लागि सिफारिस गरिएको शर्माको भनाइ छ । मरेको भैसी नजिकै खाल्टो खनेर बिर्सजन गरिएको थियो ।

प्रकाशित मिति २०८१ साउन १५ गते मंगलबार ०४:४०
हजुरको प्रतिक्रिया