पोखरा
मौलिक कौराहा पत्रकारीता पुरस्कार शारदा झेंडीमगरलाई प्रदान गरिएकोे छ ।
नेपाल मगर पत्रकार संघ कास्कीको तेस्रो अधिवेशनको अवसरमा मंगलबार पुरस्कार अर्पण गरिएकोे हो ।
पुरस्कारको राशी नगद १० हजार रुपैयाँ रहेको छ । कास्कीबाट पत्रकारिता सुरु गरेकी मगर हाल नवलपुरमा बसेर पत्रकारिता गदै आएकी छन् ।
राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिद्धारा स्थापित पुरस्कार कौराहा संरक्षणको क्षेत्रमा कलम चलाउने पत्रकारलाई प्रदान गर्ने गरिन्छ ।
पुरस्कार वितरण कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य रोशनबहादुर गाहा मगरले समुदायको पहिचान संरक्षणमा पत्रकारले भूमिका खेल्नुपर्ने बताए ।
प्रकाशित मिति २०८१ साउन १५ गते मंगलबार ०६:२४