२०८३ साउन २१ गते बिहीबार

म्याग्दीमा नागरिकताभन्दा राहदानी लिने धेरै

म्याग्दीमा नागरिकताभन्दा राहदानी लिने धेरै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ साउन १६ गते बुधबार ११:०८

जिल्ला प्रशासन कार्यालय म्याग्दीका अनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा ५ हजार ९६८ राहदानी सिफारिस गरिएको छ ।

म्याग्दी

लाहुरेको जिल्लाको रुपमा परिचित म्याग्दीमा वैदेशिक रोजगारी र अध्ययनका शिलशिलामा विदेश जानको संख्या निकै बढेको छ । जिल्लामा नागरिकताभन्दा राहदानी लिनेको संख्या बढेको हो ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीका अनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा ५ हजार ९६८ राहदानी सिफारिस गरिएको छ । सामान्यतर्फ ५ हजार ९१३ र द्रुत सेवातर्फ ५५ वटा राहदानी बनेका हुन् ।

गतभन्दा अघिल्लो आर्थिक वर्ष ०७९/८० मा कुल ७ हजार ४ सय ५७ ओटा राहदानी सिफारिस गरिएकोमा ७ हजार ४ सय ४७ साधारण तथा १० वटा द्रुत सेवाको सिफारिस जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

गत वर्ष वंशजको आधारमा ५ हजार ५३२ वटा नयाँ नागरिकता जारी गरेको सहायक जिल्ला प्रमुख अधिकारी धिरेन्द्रराज पन्तले बताए ।

आर्थिक वर्षमा २०८९/८० मा ६ हजार २२४ वटा भएको थियो । गतवर्ष नेपाली नागरिकताको प्रतिलिपि ३ हजार ४६२ वटा जारी गरिएकोमा अघिल्लो वर्षमा ३ हजार ४२६ वटा जारी भएको छ ।

गत आर्थिक वर्षमा ३४ वटा गैरआवासीय नेपाली नागरिकता समेत जारी गरिएको छ ।

प्रकाशित मिति २०८१ साउन १६ गते बुधबार ११:०८

हजुरको प्रतिक्रिया