२०८३ साउन २१ गते बिहीबार

पोखरामा राष्ट्रिय पोशाक घरकाे शाखा विस्तार

पोखरामा राष्ट्रिय पोशाक घरकाे शाखा विस्तार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ साउन १६ गते बुधबार ०८:२८

पाेखरा । राष्ट्रिय पोशाक घरले पोखरामा शाखा विस्तार गरेको छ । काठमाडौंको नयाँवानेश्वरबाट विगत ८ वर्षदेखि सेवा दिदैं आइरहेको पोशाक घरले पहिलो शाखा पोखरामा विस्तार गरेको हो । युवा व्यवसायी श्यामकृष्ण बजगाँइ र रामप्रसाद कँडेल मिलेर...

पाेखरा ।

राष्ट्रिय पोशाक घरले पोखरामा शाखा विस्तार गरेको छ ।
काठमाडौंको नयाँवानेश्वरबाट विगत ८ वर्षदेखि सेवा दिदैं आइरहेको पोशाक घरले पहिलो शाखा पोखरामा विस्तार गरेको हो । युवा व्यवसायी श्यामकृष्ण बजगाँइ र रामप्रसाद कँडेल मिलेर पोखरा शाखा सञ्चालनमा ल्याएका हुन् । पोशाक घरमा एक करोड रुपैयाँ लगानी गरिएको सञ्चालक कँडेलले बताए । पोखराको न्युरोडमा सञ्चालनमा आएको राष्ट्रिय पोशाक घरको बुधबार गायक प्रकाश सपूतले उद्घाटन गरे ।
गायक सपूतले युवापुस्तालाई राष्ट्रिय पोशाक घरले नेपाली पोशाक र पहिचानप्रति गौरव गर्ने वातावरण सिर्जना गर्ने बताए । जतिसुकै विश्वव्यापीकरण भएपनि आफ्नोपन र पहिचान जोगाइराख्नुपर्ने उनको भनाइ थियो ।

पोखरामा स्तरीय सेवाको अभाव पूर्ति गर्न पोशाक घर सुरु गरेको सञ्चालक रामप्रसाद कँडेलले बताए । दौरा–सुरुवाल, ढाका टोपी, सट, पाइन्ट, सुट, टाइ लगायत पुरुषका लागि आवश्यक पोशाक तयार पार्ने उनले बताए । १५ हजार रुपैयाँदेखि १ लाख ५० हजार रुपैयाँसम्मका पोशाक उपलब्ध गराउने कँडेलले जानकारी दिए । इण्डियनदेखि इटालियनसम्मका फ्याब्रिक पोशाक घरले उपलब्ध गराएको छ । ग्राहकले भनेको दिनमा पोशाक तयार गरेर उपलब्ध गराउने सञ्चालकको दाबी छ । जसका लागि २० जनाले रोजगारी पाएका छन् ।
विशेष त नेपाली अर्गानिक फ्याब्रिकलाई पोशाक घरले ब्राण्डिङ गरिरहेको अर्का सञ्चालक श्यामकुष्ण बजगाँइको दाबी छ । कसरी नेपाली उत्पादनलाई बढवा दिन सकिन्छ भनेर ध्यान दिएको उनले बताए । अर्गानिक फ्याब्रिकलाई विदेशमा पनि निर्यात गर्ने गरेको बजगाँइले बताए ।

प्रकाशित मिति २०८१ साउन १६ गते बुधबार ०८:२८
हजुरको प्रतिक्रिया