बागलुङ
बागलुङमा पहिरोमा पुरिएर आठ जनाको मृत्यु भएको छ । जिल्लाको बडिगाड गाउँपालिका–१० स्थित आरुपाटाका जोगलाल बुढाको घर र गोठ पुरिदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
पहिरोमा परी चार जना गम्भीर घाइते भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । मृत्यु हुनेमा बडिगाड गाउँपालिका–१० का ७ वर्षीया मालती बुढा, सात वर्षीय मधु बुढा, सन्जु विकको छ महिनाकी छोरी, १२ वर्षका मनोज बुढा, १२ वर्षका अमन बुढा र ५९ वर्षीया मैतीदेवि विक रहेको उनको भनाइ छ ।
पहिरोमा परी ४६ वर्षीया संगीता बुढा, ५९ वर्षीया सुमित्रा बिक, ३२ वर्षीया सिता थापा र वर्ष ४२ का मंगलसिंह बुढा गम्भीर घाइते भएका छन्। पहिरोमा अझै दुईजना पुरिएको हुनसक्ने आशंका गरिएको छ ।
बडिगाड गाउँपालिका–९ मा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १५ वर्षका विधान परियार र २४ वर्षका गंगा बस्नेत रहेका छन् । परियारलाई घर माथिबाट आएको पहिरोले पुरेको थियो भने बस्नेत बाटेमा हिड्दै गर्दा पहिरोले पुरेको थियो ।
पहिरोमा परि गम्भीर गाइते भएकाको उद्दार गरि नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौँ लैजाने भने पनि मौसमका कारण हेलिकप्टर घटनास्थलमा पुग्न सकेको छैन । काठमाडौँबाट घाइते लिन आएको हेलिकप्टर बागलुङ बजारमा ल्याण्डिङ भएको छ ।
प्रकाशित मिति २०८१ साउन २२ गते मंगलबार ०६:३७




