काठमाडौं
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल लोडसेडिङ हुँदा खुशी हुने जमातले आफ्नो बिरोध गरेको गुनासो गरेका छन् ।
बिहीवार काठमाडौंमा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा बाल्दै कार्यकारी निर्देशक घिसिङले नेपालमा लोडसेडिङ हुँदा खुशी हुने जमात धेरै रहेको आरोप लगाए ।
उनले प्राधिकरण घाटामा जाँदा र लोडसेडिङ हुँदा खुशी हुने जमात पछिल्लो समय बिरोध गर्दै गलत सूचना फैलाइरहेको दाबी गरे । केही जिम्मेवार पदाधिकारीले प्राधिकरणको हिसावकितावप्रति आशंका व्यक्त गरेको उल्लेख गरे ।
घिसिङले महालेखा परीक्षकको तीन वटा संस्थाले अडिट गरेको हिसाव पारदर्शी रहेको भन्दै गलत हुन नसक्ने आशंका व्यक्त गरेका छन् । उनले प्राधिकरण सरकारको ठूलो संस्था भएकाले जिम्मेवारीपूर्वक नै काम गरिरहेको धारणा राखे । प्राधिकरणले अहिलेसम्म गरेको नाफा पारदर्शी रहेको भन्दै कुनै मिथ्या तथ्यांकका आधारमा नभएको दाबी गरे । उनले आठ वर्षअघि ३५ अर्ब सञ्चित घाटामा रहेको प्राधिकरण २५ प्रतिशत विद्युत महशुल घटाएर ४७ अर्ब नाफामा पुग्नु सुखद् भएको उल्लेख गरे ।
प्रकाशित मिति २०८१ साउन ३१ गते बिहीबार ०५:२८




