२०८३ साउन २१ गते बिहीबार

साउनमा कास्कीबाट २७ जना फरार प्रतिवादी पक्राउ

साउनमा कास्कीबाट २७ जना फरार प्रतिवादी पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ साउन ३२ गते शुक्रबार ०४:४१

जिल्ला प्रहरी कार्यालय कास्कीले साउनमा २७ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पोखरा

जिल्ला प्रहरी कार्यालय कास्कीले साउनमा २७ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र मातहातका प्रहरी कार्यालयबाट खटिएकोे प्रहरी टोलीले विभिन्न मुद्वामा फरार रहेकालाई नियन्त्रणमा लिएको हो ।

जिल्ला अदालत कास्कीबाट दोषी ठहर भइ कैद र जरिवाना भुक्तान गर्न बाँकी रहेका प्रतिवादीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले बताए ।

२२ जना पुरुष र ५ जना महिला पक्राउ परेका हुन् । डिएसपी शर्माका अनुसार चेक अनादार मुद्वामा सबैभन्दा धेरै १३ जना समातिएका छन् ।

लागु औषध मुद्वामा ५ जना, चोरी सम्बन्धि मुद्वामा ३ जना, केही सार्वजनिक अपराध, आगो लगाएको सम्बन्धि मुद्वाका र लेनदेन विगो मुद्वाका २/२ जना पक्राउ परे ।

पक्राउ परेकाबाट ४ वर्ष ९ महिना २ दिन कैद सजाय र दुई लाख दश हजार ८२५ रुपैयाँ जरिवाना असुल गर्नको लागि अदालतमा पेश गरिएको छ ।

प्रकाशित मिति २०८१ साउन ३२ गते शुक्रबार ०४:४१
हजुरको प्रतिक्रिया