तनहुँ
घाँसीकुवामा खसेको पहिरोको कारण हिजो साँझदेखि अवरुद्ध पृथ्वीराजमार्गको दमौली(डुम्रे खण्ड एकतर्फी सुचारू भएको छ। पहिरो पन्छाउने काम भैरहेकोे छ । अहिले एकतर्फी सवारी वास हुनसक्ने स्थिति बनेको छ ।
अग्लो भिरालो जमिनबाट पहिरो खस्ने क्रम चलिरहेकोले पहिरो पुर्ण रूपले पन्छाउन अझै केही घण्टा समय लाग्ने देखिएको छ । पहिरो पन्छाउन सेना, प्रहरी, मुग्लिन पोखरा सडक आयोजनाका मेसिन तथा जनशक्ति खटिएका छन् ।
पृथ्वीराजमार्ग घाँसीकुवामा अवरुद्ध बनेपछि डुम्रे बाट लमजुङ हुँदै पोखरा निस्कने तथा घाँसीकुवाबाट नै रानीगाउँ हुँदै तालघरे दमौली निस्कने वैकल्पिक सडक प्रयोग गरिएको छ । यद्यपि ती सडकहरूमा पनि सवारी आवागमन सहज छैन । अधिकांश कच्ची सडक भएकाले हिलोमा सवारी फस्ने लगायतका कठिनाई देखिएको छ ।
प्रकाशित मिति २०८१ भदौ ६ गते बिहीबार ०६:३२