२०८३ साउन २१ गते बिहीबार

छानबिन समितिमा रविः आर्थिक पाटो जिबी राईलाई थाहा छ

छानबिन समितिमा रविः आर्थिक पाटो जिबी राईलाई थाहा छ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ ७ गते शुक्रबार ०८:२४

सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं तत्कालीन गोरखा मिडिया नेटवर्कका प्रवन्ध निर्देशक रवि लामिछानेसँग शोधपुछ गरेको छ ।

काठमाडौं
सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं तत्कालीन गोरखा मिडिया नेटवर्कका प्रवन्ध निर्देशक रवि लामिछानेसँग शोधपुछ गरेको छ ।

शुक्रवार सिंहदरबारमा समितिले सभापति लामिछानेसँग गोरखा मिडिया नेटवर्कसँग सम्बन्धित विभिन्न प्रश्नहरुमा शोधपुछ गरेको हो । जवाफमा लामिछानेले आफ्नो नाम कहाँबाट कसरी रकम जम्मा भयो भन्नेकुरा जिबी राईलाई थाहा हुने कुरा राख्नुभएको समिति सभापति सूर्यबहादुर थापाले बताए ।

सभापति लामिछानेले आफू प्रवन्ध निर्देशक हुँदा कार्यक्रम सञ्चालन र उत्पादनमा मात्रै केन्द्रित भएको र आफूलाई आर्थिक विषयमा जानकारी नरहेको बताएको सभापति थापाले बताए ।

प्रकाशित मिति २०८१ भदौ ७ गते शुक्रबार ०८:२४
हजुरको प्रतिक्रिया