२०८३ साउन २१ गते बिहीबार

अहिलेको सरकारले भात–रोटी खान्छ, घुस खाँदैन :प्रधानमन्त्री

अहिलेको सरकारले भात–रोटी खान्छ, घुस खाँदैन :प्रधानमन्त्री

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ १० गते सोमबार १२:०६

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारबाट राज्य शक्तिको दुरुपयोग गरेर निर्दोषितामा दोषी करार गर्ने प्रयास कदापी नहुने बताएका छन् ।

काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारबाट राज्य शक्तिको दुरुपयोग गरेर निर्दोषितामा दोषी करार गर्ने प्रयास कदापी नहुने बताएका छन् ।

सोमबार जिल्ला प्रहरी परिसर, काठमाडौंको भवन उदघाटन कार्यक्रममा बोल्दै उनले, सरकारले प्रहरीको काम, कारबाहीमा कुनै हस्तक्षेप नगरी बरु प्रोत्साहन गर्ने भन्दै सरकारले कुनै पनि किसमको शक्तिको दुरुपयोग गर्ने काम नगर्ने बताए ।

उनले भने,‘अहिलेको सरकारले फलानो अपराधी हो, तर नसमाऊ भनेर आदेश दिंदैन ।अहिलेको सरकारले कसैलाई फसाऔं भनेर आदेश दिँदैन । ढुक्कले काम गर्नुहोस् । निर्दोष मान्छेलाई फसाउनु राज्य शक्तिको दुरुपयोग गरेर निर्दोषितामा दोषी करार गर्ने प्रयास हुँदैन । ढुक्कले काम गर्नहोस् । अब प्रहरीलाई प्रोत्साहित पनि गर्छौं । औचित्यको आधारमा सरुवा गरिने छ । सरकारले भात–रोटी खान्छ, घुसखाँदैनपैसा खाँदैन तपाईहरु स्पष्ट हुनुहोस् ।’

उनले अपराध हुनै नदिने कुरालाई छानबिन अनुसन्धानभन्दा कम महत्व दिन नहुने भन्दै अब पुरानो शैलीमा अपराध नियन्त्रण गर्न नसकिने बताए ।

उनले भने,‘हामीले अपराध हुनै नदिने कुरालाई छानबिन अनुसन्धानभन्दा कम महत्व दिनुहुँदैन । म तपाईहरुले सुझाव दिन चाहन्छु ।पुरानो घुमुवाको तरिकाबाट कुनै पनि उपलब्धि हुनेवाला छैन । पुरानो घुमुवाको तरिकाबाट होइन यसलाई नयाँ तरिकाले विकास गर्नुपर्छ। अब स्रोत, साधनले सम्पन्न बनाएर तपाईहरुको अनुसन्धानभन्दा अगाडिको अनुसन्धान गर्नुपर्छ। अपराध कसैले गराउन खोजेको छ भने पहिल्यै पत्ता लगाउने र नियन्त्रण गर्ने अनुसन्धान धेरै महत्वपूर्ण छ । यसो भयो भन्े अपराधिको मानसिकता फैलिँदैन् । ’

प्रकाशित मिति २०८१ भदौ १० गते सोमबार १२:०६
हजुरको प्रतिक्रिया