२०८३ साउन २१ गते बिहीबार

ऐतिहासिक बाटुलेचौर तिज मेला चार दिनसम्म संचालन हुने

ऐतिहासिक बाटुलेचौर तिज मेला चार दिनसम्म संचालन हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ १४ गते शुक्रबार ११:४६

पोखरा । पोखरा १६ स्थित बाटुलेचौरमा आयोजित ऐतिहासिक बाटुलेचौर तिज मेला चार दिनसम्म संचालन हुने भएको छ। वडा कार्यालय, पोखरा १६ को समवन्यमा स्थानिय वडहरवोट आमा समुहको आयोजनामा यही भाद्र १८ गतेदेखि २१ गतेसम्म वाटुलेचौर खेल मैदानमा...

पोखरा ।

पोखरा १६ स्थित बाटुलेचौरमा आयोजित ऐतिहासिक बाटुलेचौर तिज मेला चार दिनसम्म संचालन हुने भएको छ।

वडा कार्यालय, पोखरा १६ को समवन्यमा स्थानिय वडहरवोट आमा समुहको आयोजनामा यही भाद्र १८ गतेदेखि २१ गतेसम्म वाटुलेचौर खेल मैदानमा मेला गर्न लागिएको मुल आयोजक समितिका संयोजक वडा सदस्य राजकुमारी वाँनियाले जानकारी दिए ।

परम्परागत रूपमा हुदै आइरहेको तिज मेला यसअघि स्थानीय हिमालय क्लबले गर्दै आएकोमा क्लवले मेला संचालन गर्न नसक्ने जनाएपछि वडाको सक्रियतामा वडाभित्रका आमा समुहलाई नै आयोजक र सह आयोजकको जिम्मा दिई ४ दिनसम्म मेला संचालनको तयारी शुरु गरिएको वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले वताए।

मेलामा परम्परागत तिज गीत प्रस्तुति, प्रथम अन्तर क्लव ह्याण्डवल प्रतियोगिता,अन्तर विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता र वडाभित्रका विद्यावारिधी प्राप्त व्यक्तित्वलाई सम्मान कार्यक्रम तय गरिएको प्रचार प्रसार उपसमितिका संयोजक संजय थापाले जानकारी दिए ।

मेलामा भाद्र १८ र १९ गते ह्याण्डवल प्रतियोगिता, २० गते तीज मेलाको उद्घाटन तथा अन्तर विद्यालय लोक नृत्य र सांस्कृतिक कार्यक्रम साथमा सम्मान कार्यक्रम र अन्तिम दिन तीज गीत तथा नृत्य प्रस्तुती रहने संयोजक थापाकाे भनाई छ । मेलामा स्थानिय कलाकारको सांगितिक प्रस्तुती समेत रहने छ । प्रथम अन्तर क्लव ह्याण्डवल प्रतियोगिताका लागी पोखरामा रहेका विभिन्न क्लवसँग समवन्य गरिएको संयोजक अनिल वस्नेतले बताए ।

तीज महिलाहरुको बिशेष चाड भएकाले पनि महिला समूह मार्फत कार्यक्रम संचालन गर्न लागिएको र वडाभित्रका सवै समुहको सहयोग रहेको बडहरबोट आमा समूहका अध्यक्ष कमला तिमिल्सिनाले बताइन्। मेला संचालनका लागी करिव १३ लाख खर्च लाग्ने र सो रकम विभिन्न सहयोगदातावाट संकलन गरिने वडा सदस्य एवं अर्थ संकलन उपसमितिका संयोजक रामचन्द्र आचार्यले उल्लेख गरे ।

शाहकालिन इतिहास जोडिएको बाटुलेचौर तिजमेला मुलुककै पुरानो तीज मेला हो ।यसले समग्र यस क्षेत्रकै संस्कृति धानेकाले पनि मेलालाई निरन्तरता दिन आवश्यक रहेको वडाध्यक्ष तिमिल्सिनाले वताए । राजा कुलमण्डल शाहको शासनकाल तिरै पबित्र सेति नदी तथा ठुलीपोखरी नुहाएर आएका महिलाहरुले बाटुलेचौरको मैदानलाइ बिश्रामस्थलको रुपमा प्रयोग गरि गित मार्फत आफ्ना मनका बह पोख्ने थलोको रुपमा उक्त स्थानलाइ लिएका थिए।

मेलामा तिजको परम्परागत हम्काइलो भाका समेत प्रस्तुत गरिने बताइएको छ। मेलाको तयारी स्वरुप वडा भित्रका आमा समुहले आन्तरिक तयारी तिब्र पारेका छन्।

प्रकाशित मिति २०८१ भदौ १४ गते शुक्रबार ११:४६
हजुरको प्रतिक्रिया