२०८३ साउन २१ गते बिहीबार

निजामती सेवादिवस : यी हुन् पुरस्कृत हुने उत्कृष्ट ४० कर्मचारी

निजामती सेवादिवस : यी हुन् पुरस्कृत हुने उत्कृष्ट ४० कर्मचारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ २२ गते शनिबार ०२:३९

सरकारले २१औँ निजामती सेवादिवसमा पुरस्कृत हुने कर्मचारीहरूको नामावली सार्वजनिक गरेको छ । बिहीबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकबाट ४० कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो ।

काठमाडौँ ।

सरकारले २१औँ निजामती सेवादिवसमा पुरस्कृत हुने कर्मचारीहरूको नामावली सार्वजनिक गरेको छ । बिहीबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकबाट ४० कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो ।

सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार एक जना, उत्कृष्ट निजामती सेवा पुरस्कार १० र निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गरिँदै आएको भएपनि सरकारले यस वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी भेटाएको देखिएन ।

यस वर्ष १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनाकर्मचारीलाई निजामती सेवाकालागि छनौट गरेको छ ।

जानकारी अनुशार उत्कृष्ट निजामती सेवा पुरस्कार गर्ने १० जनाकर्मचारीहरूमा रामचन्द्र दंगाल, शंकर बहादुर के.सी., राजु प्रसाद गुरागाईँ, सागर मिश्र, चूडाराजन्यौपाने, कृष्ण सापकोटा, चिरञ्जीवी नेपाल, आशा राई बुनु राना र निलबहादुर पुर्जा मगर रहेका छन् ।

यसैगरी निजामती सेवा पुरस्कार पाउने कर्मचारीहरूमामित्र बराल, मोहन राई, शिव प्रसाद चौधरी, आनन्दपौडेल, रमेश थिङ्ग, कफिलअहमद, श्यामकुमार यादव, गंगादत्त भट्ट, सवितानकर्मी, र केशव राजपार्धे रहेका छन् । त्यस्तै वेद प्रसाद खनाल, प्रेम कुमार पोखरेल, शीतल सिंह उखेडा, कृष्णप्रसाद पौडेल,सुशीला सिंह, शिलुकालिंथेप, उदयप्रकाशलिम्बु, कृष्ण बहादुर खत्री, हेमन्ती साउँद र राममाया गुरुङले पनिनिजामती सेवा पुरस्कार पाएका छन् ।

यस्तै निजामती पुरस्कार पाउने अन्यकर्मचारीहरूमा डा. पुष्पराज रिजाल, रोशनी नेपाल, राजेन्द्र प्रसाद ढुङ्गाना, प्रतिभाकाफ्ले, गणपैत यादव, छनबहादुर बोगटी, हिरालाल सुनार, मानबहादुर दराई, जनकमहत र टहल बहादुर जिरेल रहेका छन् ।

प्रकाशित मिति २०८१ भदौ २२ गते शनिबार ०२:३९
हजुरको प्रतिक्रिया