२०८३ साउन २१ गते बिहीबार

ओली शासनमा पढ्न र परीक्षा दिन नपाइने हो ? : सुमना श्रेष्ठ

ओली शासनमा पढ्न र परीक्षा दिन नपाइने हो ? : सुमना श्रेष्ठ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ २४ गते सोमबार ०२:४१

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की सांसद सुमना श्रेष्ठले विश्वविद्यालयमा पठनपाठन कम र राजनीतिक गतिविधि बढी भइरहेको बताएकी छिन् ।

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की सांसद सुमना श्रेष्ठले विश्वविद्यालयमा पठनपाठन कम र राजनीतिक गतिविधि बढी भइरहेको बताएकी छिन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले एमाले र कांग्रेस पार्टीका सत्ता गठबन्धनका विद्यार्थी सङ्गठनका कारण विद्यार्थीले पढ्न र परीक्षा दिन नपाएको बताएकी हुन् ।

उनले भनिन् , ‘११ दिनभयो कृषी तथा वन विज्ञान विश्वविद्यालयमा जाँच नभएको र चल्दै गरेको जाँचले गर्दाखेरी १४ सय जना विद्यार्थीहरु अड्किएका छन् । विश्व विद्यालयमा पठनपाठन ठप्प छ । अब चार वर्षमा सकिने ब्याचलर कति वर्ष लाग्ने होरु पठन पाठन कम र पार्टीहरुको गतिविधि बढि हुन थाल्यो । गठबन्धनका विद्यार्थी सङ्गठनको लडाईका कारण पढ्छु मात्र भन्ने विद्यार्थीहरुले जाँच पनि दिन नपाउने ?’

सांसद श्रेष्ठले एमाले र कांग्रेस निकट विद्यार्थी संगठनले पढ्ने र परीक्षा दिने अधिकारबाट वन्चित गराएको बताइन । उनले ओली शासनमा पढ्न, परीक्षा दिन र दीक्षित हुन नपाउने हो भन्दै प्रश्न समेत गरिन् ।

प्रकाशित मिति २०८१ भदौ २४ गते सोमबार ०२:४१
हजुरको प्रतिक्रिया