पोखरा
सहकारी बचतकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति तथा पुर्वगृहमन्त्री रवि लामिछानेलाई कालो झन्डा देखाएका छन् ।
रास्वपा गण्डकी प्रदेश विस्तारित बैठकमा सहभागी हुन आएका लामिछानेलाई सहकारी बचतकर्ताले कालो झन्डासहित नाराबाजी गरेका हुन् । उनीहरुले ‘सहकारी ठगलाई राजनीतिक संरक्षण, कसले गर्छ हाम्रो वचतको संरक्षण’, प्रहरी प्रशासनको दुरुपयोग बन्द गरजस्ता नारा लगाएका छन् ।
सहकारी पीडितको प्रदर्शनका कारण रवि लामिछानेलाई सुरक्षा दिएर कार्यक्रम हलमा पुर्याइएको छ । कार्यक्रमस्थलबाहिर सहकारी पीडितले कालो झण्डा देखाउँदै नारा लगाउँदै प्रदर्शन गरेका छन् । उनीहरुले गोर्खा मिडिया प्रालिमा सूर्यदर्शन सहकारीबाट लगिएको रकम फिर्ता गर्न माग गरेका छन् । प्रदर्शनकारीले सहकारी पीडितलाई दबाउन प्रहरी परिचलन गरिएको भन्दै नाराबाजी गरेका छन् ।
प्रकाशित मिति २०८१ भदौ २५ गते मंगलबार ०३:१७