२०८३ साउन २१ गते बिहीबार

आज समता सांगीतिक कार्यक्रम, पब्लिक टिभीबाट प्रत्यक्ष प्रशारण हुने

आज समता सांगीतिक कार्यक्रम, पब्लिक टिभीबाट प्रत्यक्ष प्रशारण हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ २८ गते शुक्रबार ०१:२४

पोखरा पोखरामा आज समता सांगीतिक कार्यक्रम हुदैछ । पोखरेली युवा सांस्कृतिक परिवारको आयोजनामा पोखरा इभेन्ट सेन्टरको सभाहलमा आज अपरान्ह साढे ४ बजेदेखि सांगीतिक कार्यक्रम हुन लागेको हो । विगत ३० बर्षदेखि नियमीत चलिरहेको समता काव्य...

पोखरा

पोखरामा आज समता सांगीतिक कार्यक्रम हुदैछ । पोखरेली युवा सांस्कृतिक परिवारको आयोजनामा पोखरा इभेन्ट सेन्टरको सभाहलमा आज अपरान्ह साढे ४ बजेदेखि सांगीतिक कार्यक्रम हुन लागेको हो ।

विगत ३० बर्षदेखि नियमीत चलिरहेको समता काव्य सन्ध्याको ३७२ औ शृङ्खला गर्न लागिएको पोखरेली युवा सांस्कृतिक परिवारको अध्यक्ष उपेन्द्र पौडेलले जानकारी दिए ।

कार्यक्रममा कन्दरा ब्यान्डको गीत, सङ्गीतसंगै विभिन्न कलाकारको प्रस्तुति रहने अध्यक्ष पौडेलले बताए ।

धर्मराज थापा, अरुण थापा, सरोज गोपाल बज्राचार्य, विनोद गौचनको सम्झनामा रामभक्त जोजिजु, विनोद बानियाँ, इतु जोजिजु, रजनी ऋदम राई, सन्तोष बस्याल लगायतको प्रस्तुती रहनेछ ।

अग्रजहरूको सम्मान र समता सांगीतिकको शतक शृङ्खला विशेष गर्न लागेको संस्थाका अध्यक्ष पौडेलले बताए । उक्त साङ्गीतिक कार्यक्रममा पुग्ने सबै गीतसङ्गीत प्रेमीलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । कार्यक्रमको प्रत्यक्ष प्रशारण पब्लिक फोरके टेलिभिजनले गर्नेछ ।

प्रकाशित मिति २०८१ भदौ २८ गते शुक्रबार ०१:२४
हजुरको प्रतिक्रिया