पोखरा
पोखरा उद्योग वाणिज्य संघको ३५औं महाधिवेशनको सदस्यतर्फको मतगणना सकिएको छ । संघको कार्यालय गैह्रपाटनमा भएको मतगणनाअनुसार ललितबहादुर कुँवर सर्वाधिक १ हजार ५३९ मतसहित सदस्य निर्वाचित भएका छन् ।
देवेन्द्र प्रजु १५१६, सौगात थापा १४९४, दुधमान गुरुङ १४६८, भीम गौतम १४३९, जीवनप्रकाश श्रेष्ठ १३८३, टिकाराम सुवेदी १३९४, प्रदीपराज भण्डारी १३७०, यादवप्रसाद पोखरेल १३०० र रामचन्द्र तिमिल्सिना १३७५ मत प्राप्त गर्दै सदस्य निर्वाचित भए ।
पराजित भएका लेखनाथ सुवेदी १२८६, विष्णुप्रसाद तिमिल्सिना १२३०, प्रेमप्रसाद सुवेदी १२८५ र विनोद केसी १२९६ मत प्राप्त गरेका छन् ।
संघको अध्यक्षका लागि अर्जुन पोखरेल र गोकर्ण कार्की र उपमहासचिवका लागि बालकृष्ण कोइराला र सुदीप प्रधानाङ्ग प्रतिस्पर्धामा छन् । अध्यक्ष र उपमहासचिवको मतगणना केही बेरमा सुरु हुनेछ ।

प्रकाशित मिति २०८१ भदौ ३० गते आइतबार ०४:३०