२०८३ साउन २१ गते बिहीबार

झ्याप्ले खोलामा पुरिएको अवस्थामा एउटा बस भेटियो, तीन जनाको शव फेला

झ्याप्ले खोलामा पुरिएको अवस्थामा एउटा बस भेटियो, तीन जनाको शव फेला

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असोज १३ गते आइतबार १०:३८

आज भेटिएको बस र तीन जना यात्रु गोरखाबाट काठमाण्डौतर्फ जाँदै गर्दा सम्पर्कविहीन भएको बस र यात्रु हुन सक्ने प्रहरीले आशंका गरको छ । तर पुष्टि भने भइसकेको छैन ।

गोरखाबाट छुटेको बस हुन सक्नेआशंका

पोखरा ।

धादिङको झ्याप्ले खोलामा पुरिएको अवस्थामा थप तीन वटा शव फेला परेको छ ।

पहिरो पन्छाउने क्रममा झ्याप्ले खोलामा थप तीन वटा शव भेटिएको हो ।

त्यहाँ हिजो पहिरोले पुरेका दुईवटा बस र १४ जना यात्रुको शव निकालिएको थियो । त्यही पहिरोमा आज अर्को बस पनि पुरिएको अवस्था भेटिएको हो । शवको पहिचान भएको छैन ।

आज भेटिएको बस र तीन जना यात्रु गोरखाबाट काठमाण्डौतर्फ जाँदै गर्दा सम्पर्कविहीन भएको बस र यात्रु हुन सक्ने प्रहरीले आशंका गरको छ । तर पुष्टि भने भइसकेको छैन ।

बस र यात्रुको पहिचान भने भइसकेको छैन ।

गोरखाको लापुबेंसीबाट शुक्रबार बिहान काठमाण्डौका लागि छुटेको बस सम्पर्कविहीन भएको दराँैदी यातायात प्रा.लीले जनाएको थियो ।

प्रकाशित मिति २०८१ असोज १३ गते आइतबार १०:३८
हजुरको प्रतिक्रिया