पोखरा ।
अविरल वर्षापछि आएको बाढी पहिरो र डुबानका कारण अहिलेसम्म २१७ जनाले ज्यान गुमाएका छन् । २८ जना अझै बेपत्ता छन् ।
गृहमन्त्रालयको आज बिहानसम्मको विवरणअनुसार विपद्मा परी सबैभन्दा बढी काभ्रेपलान्चोकमा ६५ जनाले ज्यान गुमाएका छन् ।
अझै ६ जना बेपत्ता रहेका छन् । धादिङ र ललितपुरमा ३९\३९ जनाले ज्यान गुमाएका छन् ।
काठमाडौंमा १७, सिन्धुपाल्चोकमा १०, मकवानपुर र दोलखामा ७\७ जनाको मृत्यु भएको छ ।
योसँगै बागमती प्रदेशका १३ वटा जिल्लामा १९२ जनाको मृत्यु भएको छ । ललितपुरमा ११ जना अझै बेपत्ता छन् । पाँचथरमा ६ जनाको मृत्यु भएको छ ।
भक्तपुर, सोलुखुम्बुमा ५\५, झापा, धनकुटा, महोत्तरी, सिन्धुली र रौतहटमा २\२ तथा सप्तरी, उदयपुर, रामेछाप र इलाममा १\१ जनाको मृत्यु भएको छ ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेंसी–९, झ्याप्ले खोला खण्डमा मात्र पहिरोले बस र माइक्रोबस पुर्दा ३५ जनाको मृत्यु भएको छ ।
घाइते भएका १४३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
प्रकाशित मिति २०८१ असोज १५ गते मंगलबार ०९:५५