२०८३ साउन २१ गते बिहीबार

पोखराको जोगिमणीमा पशुपालन, खाद्य स्वच्छता तथा जैविक सुरक्षा तालिम सम्पन्न

पोखराको जोगिमणीमा पशुपालन, खाद्य स्वच्छता तथा जैविक सुरक्षा तालिम सम्पन्न

सविना राना

@Public 4K Tv

२०८१ असोज १५ गते मंगलबार ०१:२७

पोखरा महानगरपालिका वडा नम्बर १६ मा १ दिने पशुपालन, खाद्य स्वच्छता तथा जैविक सुरक्षा तालिम सम्पन्न भएको छ । पशुपंक्षी पालन, कृषि उत्पादनमा स्वच्छता ल्याउन र विषादीरहित खाद्यान्न प्रयोगमा जनचेतना जगाउन उक्त तालिम आयोजना गरिएको हो ।

पोखरा ।

पोखरा महानगरपालिका वडा नम्बर १६ मा १ दिने पशुपालन, खाद्य स्वच्छता तथा जैविक सुरक्षा तालिम सम्पन्न भएको छ । पशुपंक्षी पालन, कृषि उत्पादनमा स्वच्छता ल्याउन र विषादीरहित खाद्यान्न प्रयोगमा जनचेतना जगाउन उक्त तालिम आयोजना गरिएको हो ।

योजना कृषि फार्म सहेला र क्युमेट फर्मुलेसन प्रालिको संयुक्त आयोजनामा साेमबार भएको तालिममा स्थानीय ४० जनाको सहभागिता रहेको थियो ।

तालिममा खाद्य स्वच्छताका विषयमा प्रशिक्षक दुर्गा आचार्यले प्रशिक्षण दिएका थिए । उनले मानिसको स्वास्थ्यका लागि खाद्यान्न पनि स्वस्थ हुनुपर्नेमा जोड दिए । अस्वस्थ खाद्यान्नले मानिसको शरीरमा पार्ने असरका बारेमा उनले जानकारी दिएका थिए ।

क्युमेट फर्मुलेसनका प्रोडक्ट म्यानेजर डाक्टर सौरभराज आचार्यले कुखुरापालनका विषयमा प्रशिक्षण दिए । जैविक तरिकाले कुखुरापालन गर्न जोड दिँदै उनले स्वस्थ मासु उत्पादन र प्रयोग गर्नुपर्ने बताए । कुखुराको खोर बनाउँदा पुर्व पश्चिम फर्काएर बनाउनुपर्ने, खोरमा कुकुर, बिरालो, बाहिरी चराचुरुङ्गी लगायत प्रवेश गर्न नसक्ने बनाउनुपर्ने र पानीको राम्रो व्यवस्थापन गर्न उनले आग्रह गरे ।

तालिममा योजना कृषि फार्मका प्रोपाइटर विनोद आचार्यले गृहिणीको भान्सामा स्वस्थ खाना पु¥याउन उत्पादनदेखि नै ध्यान दिनुपर्ने बताए । कृषिमा विषादी हाल्ने र कुखुरापालनमा पनि अनेक औषधी प्रयोगले मानिसको स्वास्थ्यमा नकरात्मक असर पारेको उनले बताए । कुखुरापालन गर्दा जैविक तरिका प्रयोग गर्दा यस्तो समस्या नआउने उनले बताए ।

बजारमा तरकारी खरिद गर्दा जैविक प्रविधिबाट उत्पादन भएका अर्गानिक तरकारी किन्नुपर्ने उनको सुझाव छ ।

तालिमको उद्घाटन गर्दै पोखरा १६ का वडा अध्यक्ष अमृत तिमिल्सिनाले कृषिमा उन्नती भए मात्र देशको प्रगति हुने बताए । किसानको मनोबल उच्च बनाएर मात्र कृषिमा उत्पादन बढाउन सकिने भन्दै उनले कृषि उत्पादन एवं पशुपंक्षी पालनमा जैविक प्रविधि प्रयोग हुनुपर्ने बताए ।

विभिन्न प्रकारका रसायन र विसादी प्रयोग गर्दा मानिसको स्वास्थ्यमा पनि असर पार्ने र दिर्घरोग लाग्ने उनको भनाई छ । अर्गानिक खेतीको लहर बढेको र अर्गानिक उत्पादनको मुल्य पनि उच्च रहेको वडाध्यक्ष तिमिल्सिनाले बताए ।

प्रकाशित मिति २०८१ असोज १५ गते मंगलबार ०१:२७
हजुरको प्रतिक्रिया