२०८३ साउन २१ गते बिहीबार

बाढीपहिरोमा परी ज्यान गुमाउनेको संख्या दुई सय ४४ पुग्यो

बाढीपहिरोमा परी ज्यान गुमाउनेको संख्या दुई सय ४४ पुग्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असोज २० गते आइतबार १०:१६

बाढीपहिरो पीडितको विवरण संकलन स्थानीयस्तरबाट भइरहेको र त्यो प्राप्त भएपछि अस्थायी आवासका निम्ति सरकारले प्रदान गर्ने सहायता रकम वितरण हुने पनि उनले जानकारी दिए । स्थानीय तहबाट प्रभावित परिवारलाई खाद्यान्नलगायत सहयोग प्रदान भएको उनको भनाइ छ ।

सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा ७७ जनाको मृत्यु

पोखरा ।

गत साताको भारी वर्षापछिको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या हालसम्म दुई सय ४४ पुगेको छ ।

एक सय ७९ जना घाइते भएका छन् भने भने १९ जना बेपत्ता छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको छ ।

बाढीपहिरामा परी सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा ७७ जनाको मृत्यु भएको छ ।

बाढीपहिरो पीडितको विवरण संकलन स्थानीयस्तरबाट भइरहेको र त्यो प्राप्त भएपछि अस्थायी आवासका निम्ति सरकारले प्रदान गर्ने सहायता रकम वितरण हुने पनि उनले जानकारी दिए ।

स्थानीय तहबाट प्रभावित परिवारलाई खाद्यान्नलगायत सहयोग प्रदान भएको उनको भनाइ छ ।

सरकारले जिल्ला विपद् व्यवस्थापन कोषमार्फत प्रतिमृतक दुई लाखका दरले निजका परिवारलाई सहायता रकम उपलब्ध गराएको छ ।

हालसम्म त्यस्तो सहायता एक सय ६० परिवारले पाइसकेका छन् ।

प्रकाशित मिति २०८१ असोज २० गते आइतबार १०:१६
हजुरको प्रतिक्रिया