२०८३ साउन २१ गते बिहीबार

म्याग्दीका उत्कृष्ट प्रहरीलाई पुरस्कार र सम्मान

म्याग्दीका उत्कृष्ट प्रहरीलाई पुरस्कार र सम्मान

हरिकृष्ण गौतम

@Public 4K Tv

२०८१ असोज ३० गते बुधबार ०२:४०

६९ औ प्रहरी दिवसको अवसरमा बुधबार म्याग्दीका उत्कृष्ट आठ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीले आयोजना गरेको कार्यक्रममा उनिहरुलाई पुरस्कार वितरण र सम्मान गरिएको हो ।

म्याग्दी ।

६९ औ प्रहरी दिवसको अवसरमा बुधबार म्याग्दीका उत्कृष्ट आठ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीले आयोजना गरेको कार्यक्रममा उनिहरुलाई पुरस्कार वितरण र सम्मान गरिएको हो ।

प्रहरी निरीक्षक राजन रायमाझी, प्रहरी सहायक निरीक्षक बलबहादुर खड्का, प्रहरी हवल्दार दिपक आले, प्रहरी सहायक हवल्दार खेम परियार, अम्मरबहादुर क्षेत्री, प्रहरी जवान चित्रबहादुर गुरुङ, सविता कुम्हाल र नविन सिंजालीलाई सम्मान गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, जिल्ला न्यायाधिवत्ता गोविन्द उपाध्याय लगायतले उहाँहरुलाई सम्मान गर्नुभएको थियो । सो समारोहमा प्रहरी दिवसको अवसरमा आयोजित खेलकुद प्रतियोगितामा बिजयी प्रहरी कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ढकालले कानुन कार्यान्वयन, शान्ति सुरक्षा कायम र अपराध अनुसन्धानमा प्रहरीको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले नयाँ परिवेश र प्रविधीको विकाससँगै सिर्जना भएका चुनौतिहरु सामना गर्न नेपाल प्रहरीले आफ्नो क्षमता र जनमैत्री कार्यशैली अपनाएको बताउनुभयो ।

प्रहरी निरीक्षक सागर पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा अर्का प्रहरी निरीक्षक राजन रायमाझीले स्वागतका साथै प्रहरी महानिरीक्षक बसन्त कुँवरको शुभकामना सन्देश बाचन गर्नुभएको थियो । पुर्व प्रहरी संगठन म्याग्दीका अध्यक्ष भिमबहादुर श्रेष्ठले पनि शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

प्रकाशित मिति २०८१ असोज ३० गते बुधबार ०२:४०

हजुरको प्रतिक्रिया