२०८३ साउन २१ गते बिहीबार

प्रधानमन्त्री ओलीलाई रविको प्रश्नः तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बली चड्नुपर्ने हो

प्रधानमन्त्री ओलीलाई रविको प्रश्नः तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बली चड्नुपर्ने हो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ कात्तिक २ गते शुक्रबार ०५:५१

 राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले कसैलाई पनि नठगेको बताएका छन् । ्आज (शुक्रबार) कास्की जिल्ला अदालतले लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै उनले सामाजिक सञ्जालमार्फत लामो स्पष्टीकरण दिएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘तपाईँको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा हतकडी ?’ भन्दै प्रश्न गरेका छन् ।

काठमाडौं ।

 राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले कसैलाई पनि नठगेको बताएका छन् । ्

आज (शुक्रबार) कास्की जिल्ला अदालतले लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै उनले सामाजिक सञ्जालमार्फत लामो स्पष्टीकरण दिएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘तपाईँको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा हतकडी ?’ भन्दै प्रश्न गरेका छन् ।

उनले  सामाजिक सञ्जाल फेसबुकमा लेखेकान छन्, ‘सरकार म¥यो,हामीलाई जुठो प¥यो ११ तपाईंको  हातमा तस्करले दिएको करोड पर्ने घडी ,मेरो हातमा चाहि हतकडी ? , तपाईं  विचौलियाको सेवा गरे बापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपि दिनुपर्ने ? तिमीहरु राज्यका भए भरको शक्ति लगाएर अनुसंन्धान गर्दापनि केही भेट्दैनौँ अनि तिम्रो  एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बली चड्नु पर्ने? तिमी र तिम्रा नेता मिलेर सहकारी बाट ८७ अर्ब अपचलन गर्ने, मैले सहकारी ठग भैदिनु पर्ने? ’

साथै  उनले प्रमाणित भ्रष्टाचारीबाट करोडौंको जग्गा खुल्लम खुल्ला लिने मैले  ठगीको आरोप खेपी दिनुपर्ने भन्दै आक्रोश पोखेका छन् । यस्तै  उनले  अहिलेलाई,सरकार मरेर आफूलाइ  जुठो परे पनि न्यायलयप्रती आशा र न्याय प्रेमी जनता प्रति भरोसा रहेको बताएका छन् ।

प्रकाशित मिति २०८१ कात्तिक २ गते शुक्रबार ०५:५१
हजुरको प्रतिक्रिया